मनमोहन दहचोक र आयुर्वेद कीर्तिपुरमा अब लक्षण भएका संक्रमितको पनि उपचार हुने

काठमाडौँ, २६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दहचोकमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज र कीतिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र शिक्षण अस्पताललाई लक्षण सहितको कोभिड -१९ संक्रमितको उपचार गर्ने अस्पतालको रुपमा स्तरउन्नती गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड -१९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेको हो ।

यसअघि ती केन्द्रहरुमा लक्षण नभएका संक्रमितहरुलाई राखिने गरिएको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यी दुई आइसोलेसन सेन्टरहरुमा अव लक्षण सहितका बिरामीको उपचार हुने भन्दै कोभिड – १९ अस्पतालको रुपमा स्तरबृद्धि गरिएको बताए ।

पछिल्ला दिनहरुमा उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । त्यसैगरी लक्षण सहितका संक्रमितहरुको संख्या समेत अहिले ठूलो मात्रामा देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *