जो जहाँ छौँ, त्यहि बसौं र दशैं मनाऔं

  • राधादेवी भट्टराई
– राधादेवी भट्टराई

हामी नेपालीको महान चाड बडा दशैं नजिकिदो छ । विभिन्न कारणले परिवारबाट टाढा भएका सदस्यहरु यहि बेला जम्मा हुने अर्थात परिवारका सबै सदस्यहरु जमघट हुने र रमाइलो गर्ने पर्व पनि हो ।

अनि, दशैंका दिन जेष्ठ सदस्यहरुको हातबाट टिका थाप्ने, आशिर्वाद लिने गरिन्छ । घरमा मात्रै होइन सो कार्यका लागि छिमेक र आफन्त कहाँ समेत पुग्ने  गरिन्छ ।  तर, यसबेला परिस्थिति बेग्लै छ । कोरोना भाइरस (कोभिड  – १९)को बढ्दो संक्रमणले देश अस्तव्यस्त बनेको छ । संक्रमणको दर तत्काल रोकिने छाँट पनि देखिएको छैन् ।

बृद्धबृद्धा, दीर्घरोगी, बालबालिका लगायत रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुलाई यो भाइरसले निक्कै असर गर्ने विज्ञहरुले बताइरहेका छन् । उनीहरुले दशैंमा घरपरिवारका सदस्यसंग भेटघाट गर्न जाँदा सुरक्षित रहेका आफ्नो परिवारको जेष्ठ नागरिकलाई असुरक्षित बनाउन मद्धत पुग्नसक्छ भनेका छन् ।

हामीसंग यसबेला विज्ञको सल्लाह सुझाव लिनुको विकल्प छैन् । त्यसैले यसपटक जो जहाँ छौँ त्यहि बसौँ र सामान्य रुपमा दशैं मनाऔँ । शहरमा हुनेहरु गाँउ नछिरौँ, गाँउमा भएकाहरु अन्यत्र ठाँउ नजाँऔँ । यसले रोग फैलिनेक्रमलाई न्युनिकरण गर्न सकिन्छ ।

अर्को कुरा,  यसपटक दशैंमा खानपानमा पनि विशेष ध्यान दिऔँ । हरेक बर्ष दशैं तिहार जस्ता ठूला पर्वपछि अस्पतालहरु भरिभराउ हुने गर्दथे । चाडवाडको खानपानका कारण मान्छे अस्वस्थ हुन्थ्यो र अस्पताल जानु पर्दथ्यो । यसपटक यदि विरामी भै हालियो भने पनि अस्पताल जाने सहज अवस्था छैन् । हरेक अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन् । संक्रमणमा नपरेकाहरुलाई उपचार गर्न समेत मुस्किल छ । त्यसैले एकदमै साधारण खानपानमा रमाऔँ ।

दशैंमा परिवार, आफन्तसंग भेटघाट हुन नपाउँदा खल्लो हुन सक्छ । यो स्वभाविक पनि हो । तर जीवन रहे यस्ता चाडवाड त हरेक बर्ष मनाउन सकिन्छ नि । यो नर्विसौँ कि यो महामारीको बेला हो ।

अहिले अधिकांश नेपालीहरु फोन तथा इन्टरनेटको पहुँचमा छन् । त्यसैले आफन्तसंग टेलिफोन वा इन्टरनेटको माध्यम प्रयोगगरी फेसबुक, भाइवर, ह्वाट्स एप जस्ता एपको प्रयोग गरी मनाउन सकिन्छ । अर्थात आफन्तहरुसंग ‘भर्च्युअल’ रुपमा भेटघाट गर्न सकिन्छ । यसपटकको दशैं त्यहि गरौँ ।

हामीले यसपटक विभिन्न चाड पर्व जात्राहरु यसैगरी नै मनायौँ, तीज यसैगरी मनायौँ । जनै पूर्णिमा मनायौँ, अहिले आउँदै गरेको दशैं पनि त्यसैगरी मनाऔँ ।

हेर्नुहोस, अवस्था गम्भीर छ, महामारी रोक्नका लागि हामी आफै सचेत बनौँ । जिम्मेवार नागरिकको परिचय दिऔँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *