डा. केसी र सरकारबीच सहमतिपछि चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाडौँ, २५ असोज । अनसनरत डा गोविन्द केसी र सरकारी पक्षबीच सहमति भएपछि नेपाल चिकित्सक संघले आज गर्ने भनेको स्वास्थ्य सेवा बहिस्कार लगायतका कार्यक्रम फिर्ता लिएको छ । संघका महासचिव डा बद्री रिजालले आइतबार विहान विज्ञप्ती जारी गर्दै पूर्व निर्धारित विरोधका कार्यक्रम फिर्ता लिएको हो ।

विगत २७ दिन देखि अनसन बसेका डा केसी र सरकारी पक्षबीच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएको थियो ।

त्यसअघि संघले सहमतिका लागि दवाव दिन भन्दै आज आइतबार देशभरका स्वास्थ्य संस्थाका आकस्मिक र कोभिड – १९ बाहेकका सेवाहरु बहिस्कार गर्ने घोषणा गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *