प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

उनीहरुको बिहीबार पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको हो । उनीहरु सबैलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

सल्लाहकार थापाका अनुसार परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीले कोरोना सङ्क्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौँ । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *