काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण


काठमाडौँ, १४ असोज । काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ६९७ जना, भक्तपुरमा ९३ जना र ललितपुरमा ११२ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज देशभर १ हजार ५५९ जनामा संक्रमण देखिएको छ । यस्तै पछिल्लो चौविस घण्टामा १ हजार ५७ जना कोरोना मुक्त भएका छन् ।

यसैगरी आज कोरोनाबाट मृत्यु हुनेको संख्या ७ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *