काठमाडौँ उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण

काठमाडौँ, १२ असोज । काठमाडौँ उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ६४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संख्या आज देशभर थपिएको कुल संक्रमित संख्याको ६०.४७ प्रतिशत हो । आज देशभर १ हजार ३५१ जनामा संक्रमण देखिएको छ ।

काठमाडौँ जिल्लाकै संक्रमण देशभर देखिएको संक्रमित संख्याको ४८ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो चौविस घण्टामा ७४२ जना कोरोना मुक्त भएका छन् । यसैगरी आज कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ ।

आजको दिनसम्म देशभर संक्रमित हुनेको संख्या ७४ हजार ७४५ जना रहेका छन् । त्यसमध्ये आजको दिनसम्म संक्रीय केश १९ हजार ६२४ रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *