प्रतिनिधि सभाका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौँ, ११ असोज ।  प्रतिनिधिसभाका सांसद एवं लिटिल एन्जल्स स्कुलका सञ्चालक उमेश श्रेष्ठ कोरोना संक्रमणमा परेका छन् । शनिबार गरेको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

आइतबार विहान सामाजिक सञ्जाल फेसबुकबाट आफू कोरोना संक्रमणमा परेको जानकारी दिएका छन् । उनले पछिल्ला दिनमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सजगता अपनाउन अनुरोध समेत गरेका छन् ।

सांसद श्रेष्ठको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनी अहिले होम आइसोलेसनमै बसेको जानकारी दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *