देशभर थपिए १२ सय ७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७१ हजार ८२१
काठमाडौँ, १० असोज । पछिल्लो चौविस घण्टामा देशभर थप १२ सय ७जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार १९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १२ सय ७ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५३ हजार ३१३ पुगेको छ ।
त्यसैगरी सून्य संक्रमित रहेका जिल्ला ७ वटा छन् भने ५ सय भन्दा बढी संक्रमित भएका जिल्ला ७ वटा छन् ।
देशभरका क्वारेनटिनमा ६ हजार ३३१ जना रहेका छन् । होम क्यारेनटिनमा १० हजार ५०८ रहेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com