पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो


काठमाडौँ, ९ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

जसमा ५ जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङमा ६० वर्षीया महिला, काठमाडौँमा ७५ वर्षीया महिला, कपिलवस्तुमा ७० वर्षीया महिला, मोरङमा ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष र ललितपुरमा ५१ वर्षीय पुरुष हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १३ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १४ सय ५५जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।

त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २२७ जना र भेन्टीलेटरमा ३९ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *