चितवन र डडेल्धुरामा गरी थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ, ८ असोज । चितवन र डडेल्धुरामा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणमा रहेका एक युवाको मृत्यु भएको हो । उता डडेल्धुरा अस्पतालमा पनि एक जना ४८ बर्षीय पुरुषको ज्यान गएको हो ।

चितवन मेडिकल कलेजमा तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।

उता डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो ।

नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पु¥याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो ।

बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रस्वासको गति बन्द भईसकेको र स्वाब परीक्षण गर्दा कोरना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले जानकारी दिए ।

शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहेको बिष्टले बताए ।  योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *