कोरोना विरुद्ध अग्रपंक्तिमा खटिने सरकारी जनशक्तिलाई २५ लाखको वीमा

काठमाडौँ, ७ असोज । सरकारले कोरोना भाइरस (कोभिड -१९)को उपचार तथा व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एम्बुलेन्स चालक तथा कर्मचारीलाई २५ लाख रुपैयाँको विमा क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यो व्यवस्था पछि अब कोभिड -१९ का कारणले कुनै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनरको ज्यान गएमा तिनका आश्रित परिवारले २५ लाख रुपैयाँ पाउने छन् ।

गत १ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले २५ लाख रुपैयाँको वीमा तथा क्षतिपूर्तिको व्यवस्था १ साउन २०७७ देखि कोरोनाको महामारी रहँदासम्मका लागि भएको समेत स्पष्ट पारे ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएमा राहत स्वरुप २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने प्रस्ताव मन्त्रिपरिषद्ममा पठाएको थियो ।

मन्त्रालयले कोरोना सक्रमित स्वास्थ्यकर्मीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने र यदि मृत्यु भइहाले मृतकका परिवारलाई नगद २५ लाख राहत दिने प्रस्ताव गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *