पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो


काठमाडौँ, ७ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभरका ५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा झापाका ८६ वर्षीय, सिरहाका ५० वर्षीय, काठमाडौँकी ६८ वर्षीया महिला र १६ वर्षीय पुरुष, ललितपुरका ७४, बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ११ सय ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १८ सय ९३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *