सिडिओको निर्देशन पछि ट्रमा लगिएको थियो डा. केसीलाई

काठमाडौँ, ६ असोज । त्रिवि शिक्षण अस्पतालमा जाने इच्छा गरेका अनसनरत डा गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनलाई अहिले ट्रमाको आकस्मिक कक्षमा राखिएको छ । डा केसीले भने आफूलाई जवरजस्ती ट्रमा लगिएको भन्दै आपत्ति जनाएका छन् ।

ट्रमा पुगेर एम्बुलेन्सबाट झर्न इन्कार गरेका केसीलाई प्रहरीले जवरजस्ती झारेको थियो । सो क्रममा प्रहरीसंग सामान्य भनाभन समेत परेको थियो ।

यता ट्रमाका निर्देशक डा सन्तोष पौडेलले डा केसी अस्पतालको आकस्मिक कक्षमा रहेको भन्दै उहाँको उपचार व्यवस्था कसरी मिलाउने भनेर छलफल भइरहेको बताए । उनले आफूसहित वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी, मेडिसिन विभागका प्रमुख, आइसीयू विभागका प्रमुख सहितको टोलिले उपचार व्यवस्था कसरी मिलाउने भन्ने बारेमा छलफल गरिरहेको जानकारी दिए ।

किन लगियो ट्रमा ?

डा केसीले जुम्लाबाट काठमाडौँ आई त्रिवि शिक्षण अस्पतालमा आफ्नो अनसन जारी राख्ने योजना बनाएका थिए । तर स्थानीय प्रशासन उनको योजनामा तत्काल बाधक देखिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विहानै वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीलाई डा केसीको उपचार व्यवस्था मिलाउन निर्देशन दिएका थिए । तर डा सेन्चुरीले आफूकहाँ कोभिड १९ का बिरामीहरु भएको भन्दै ट्रमामा राख्न सकिने भनेका थिए । सोही अनुसार ट्रमा लगिएको हो ।

ट्रमाका निर्देशक डा पौडेलले भने आफूलाई माथिको फोन नआएको बताए । डा केसीलाई यहाँ ल्याइयो । जो आएपनि हामीले त उपचार गर्नै प¥यो । बरु अब उहाँको उपचार व्यवस्था के कसरी गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *