विराट मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु


विराटनगर, ५ असोज । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए ।

उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *