चारदिन देखि वेपत्ता सीअहेव नेपालको शव फेला

बुटवल, ५ असोज । चार दिनदेखि बेपत्ता भएका मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब बिष्णुप्रसाद नेपालको शव फेला परेको छ । सोमबार बिहान तिलोत्तमा ११ मधौलिया स्थित नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरले पुष्टी गरे ।

रुपन्देही सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय सीअहेव नेपाल गत बिहीबार राति १२ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं को मोटरसाइकलमा हिडेको भएपनि घरमा नगई बेपत्ता भएका थिए ।

नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो ।

नेपालको श्रीमती र एक छोरा रहेका छन् । उनी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल रूपन्देहीका उपाध्यक्ष समेत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *