काठमाडौँ उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित

काठमाडौँ, ४ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा ३०५ जना महिला र ४६२ जना पुरुष गरी कुल ७६७ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँ जिल्लामा २३० महिला र ३७२ पुरुष गरी कुल ६०२ जना, ललितपुरमा ३४ महिला र ३० जना पुरुष गरी ६४ जना र भक्तपुरमा ४१ महिला र ६० पुरुष गरी १०१ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ५८४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा देशभर थप ९६६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *