कोभिड-१९ ले रोकिएको बीडीएसको बार्षिक परीक्षा अनलाइनबाट सुचारु

काठमाडौँ, ४ असोज । काठमाडौँ विश्वविद्यालय (केयु)ले कोरोना भाइरस (कोभिड १९)को कारणले रोकिएको दन्त चिकित्साशास्त्र स्नातक तह (व्याचलर इन डेन्टल साइन्स –बीडीएस) को बाँकी परीक्षा अनलाइन माध्यमबाट लिन थालेको छ । केयुले आजबाट पहिलो बर्षको प्रयोगात्मक परीक्षा अनलाइन माध्यमबाट लिन थालेको हो ।

केयुका डीन प्राडा राजेन्द्र कोजुले लकडाउन अघि नै लिखित परीक्षा सकिएको तर प्रयोगात्मक परीक्षा बाँकी रहेकोले सो परीक्षा पूर्ण गर्न अनलाइन विधि अपनाइएको बताए । ‘त्यसबेला लिखित सकेर प्रयोगात्मक परीक्षाको तयारी हुँदै गर्दा लकडाउन शुरु भयो । त्यसपछि लामो समय रोकिन पुग्यो । तर अव कति रोक्ने भनेर हामीले बाँकी प्रयोगात्मक परीक्षा अनलाइनबाट लिन सुरु गर्‍यौ,’ उनले भने ।

यता कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बीडीएस प्रथमबर्षको रोकिएको प्रयोगात्मक परीक्षा अनलाइन विधिबाट सुरु भएको जानकारी दिए । ‘पहिलो बर्षको आजबाट सुरु भयो । दोस्रो बर्षको भोलिबाट सुरु हुँदैछ,’ उनले भने ।

यसअघि कोरोना संक्रमणको कारण अवस्था सामान्य हुन समय लाग्ने भन्दै केयुले सम्भव हुने परीक्षाहरु अनलाइनबाट लिन सक्ने गरी निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *