भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

बाँके, ४ असोज । भेरी प्रादेशिक अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा  शनिबार राति मृत्यु भएको हो ।

गत भदौ २० गते अस्पताल भर्ना भएका उनको २१ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनी प्लाज्मा थेरापीबाट उपचाररत थिए । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । तर गएराति उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *