देशभर थपिए १ हजार २०४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ६२ हजार ७९६
काठमाडौँ, ३ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २०४ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार २०४ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको छ ।
त्यसैगरी शून्य संक्रमितहरू रहेका जिल्ला ७ वटा छन भने ५ सय भन्दा माथि उपचाररत संक्रमितहरू रहेका जिल्ला ९ वटा छन् ।
देशभरका क्वारेनटिनमा ७ हजार ७३५ जना रहेका छन् । होम क्यारेनटिनमा ७ हजार ९७६ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार १५३ सय जना रहेका छन् । देशभरका बिभिन्न अस्पतालका आइसीयूमा १७९ जना र भेन्टीलेटरमा ३५जना उपचाररत छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com