गण्डकी प्रदेशमा थपिए ६६ जना कोरोना संक्रमित

पोखरा, ३ असोज । गण्डकी प्रदेशमा थप ६६ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ६ जिल्ला कास्कीका १३, तनहुँका ३, स्याङ्जाका २, पर्वतका २, लमजुङका १ नवलपरासीका ४५ जना छन् ।

पर्बत जिल्ला, कुश्मा नगरपालिकाका ३५ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत छन् । नवलपरासी (ब.सु.पू) जिल्ला, हुप्सेकोट-५ का ३७ बर्षीय महिला स्वास्थ्य स्वयं सेविका हुन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ४१ बर्षीय पुरुष चिकित्सक हुन् उनी पोखरा विश्वबिद्यालयमा कार्यरत छन् । कास्की जिल्लाका अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा कोरोनाको परिक्षणका लागि आएका हुन् ।

अन्य सबै contact tracing बाट पहिचान भएका हुन् । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४०२ पुगेको छ ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *