काठमाडौँ उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित

काठमाडौँ, २ असोज । काठमाडौँ उपत्यकामा एकै दिन थप ८५९ जनामा कोरोना संक्रमण देखिएको छ । यो काठमाडौँ उपत्यकामा एकै दिन देखिएको अहिलेसम्ममै सबैभन्दा बढी संक्रमण हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६९८ जना, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना गरी कुल ८५९ जनामा संक्रमण देखिएको छ ।

त्यसो त आज देशमै पनि कोरोना संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ । देशभर ११ हजार ४५८ जनाको पीसीआर गर्दा २ हजार २० जनाको पोजेटिभ आएको छ । यो संख्या एकै दिन देखिएको अहिलेसम्मकै बढी हो ।

कोरोना संक्रमण बढदै जाँदा उपत्यका सहित देशभरको लकडाउन भने अहिले प्राय खुलेको अवस्था छ । यसले संक्रमितको संख्या थप बढ्ने देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *