गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण


पोखरा, २ असोज । गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र बिपि कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ४ जिल्ला कास्कीका २, तनहुँका ४, स्याङ्जाका १, र नवलपरासीका ३४ जना छन् ।

नवलपरासी ब.सु.पू.जिल्ला, कावासोती-२ का ३९ र २० बर्षीय, कावासोती-३ का ४१ बर्षीय गरि ३ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् । तनहुँ र कास्की जिल्लाका सबै संक्रमित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको Pay Clinic मा परिक्षणका लागि आएका हुन्। अन्य सबै contact tracing  बाट पहिचान भएका हुन् ।

सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३२१ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *