काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण

कामठाडौँ, १ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५०७ जना, ललितपुरमा ६१ जना र भक्तपुरमा ५० जना गरी कुल ६१८ जनामा कोरोना संक्रमण देखिएके हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यका सहित आज देशभर कुल १ हजार २४६ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको बताए ।

यो संख्या १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा भेटिएको हो । पछिल्लो चौविस घण्टामा १ हजार २४३ जनाले कोरोना जितेर मुक्त भएका छन् । आज ४ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *