पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो


काठमाडौँ, १ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जसमा ४ जिल्लाका ३ महिला र १ पुरुष गरी  देशभर थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

मृत्यु हुनेमा मोरङको ६४ वर्षीया, चितवनको ३६ वर्षीया, कैलालीको ५७ वर्षीया महिला र काठमाडौँका ८७ वर्षीय पुरुष हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप १ हजार २४३ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।

आइसीयूमा १८१ जना र भेन्टीलेटरमा ३९ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *