थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो


काठमाडौँ, ३१ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । जसमा ४ महला र ४ पुरुष छन् ।

मृत्यु हुनेमा  सुनसरीका ७० वार्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ वर्षीया, कास्कीका ७० वर्षीय पुरुष, वाराको ४६ वर्षीया, काभ्रेपलाञ्चोकको ५५ वर्षीया, काठमाडौँको ७१ र ७४ वर्षीया महिला हुन्  ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप १ हजार ६ ६८जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

आइसीयूमा १७३ जना र भेन्टीलेटरमा २६ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *