काठमाडौँ उपत्यकामा एकैदिन थपिए ६७६ जना कोरोना संक्रमित

काठमाडौँ, ३० भदौ । काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ५५५ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जनामा गरी कुल ६७६ जनामा संक्रमण देखिएको हो ।उपत्यकाको संक्रमित संख्या अहिलेसम्मकै धेरै हो ।

यस्तै पछिल्लो चौविस घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४५९ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यहि अवधीमा १ हजार ६२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

कोरोना संक्रमण गम्भीर अवस्थामा पुगि सातवटै प्रदेशका अस्पतालमा गरी १७४ जनाको उपचार आइसीयूमा भइरहेको छ र २८जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *