पछिल्लो चौबिस घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २३९ पुग्यो

काठमाडौँ, १६ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा.गौतमले एक ४ वर्षीया बालिका र १० जना पुरुष गरी थप ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको बताए ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर १ हजार ६९जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या ७६८ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *