‘नआत्तिनुस् ! रेमडेसिभिर औषधिको आयात र वितरण सहज हुँदैछ’

काठमाडौँ, १५ भदौ । यतिकेम डिस्ट्रिव्युट्र्स प्रालिले कोरोना भाइसर (कोभिड – १९)का बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधिको आयात तथा बितरणलाई सहज बनाउन लागि परेको बताएको छ । भारतीय औषधि निर्माण कम्पनी सिप्ला लिमिडेटबाट उत्पादित ४८० भाइल औषधि ल्याएको यतिकेमले आएका औषधिको वितरणलाई सहज बनाउन लागि परेको बताएको हो ।

कोरोनाका गम्भिर बिरामीको उपचारमा तुलनात्मकरुपमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर नेपाल सहित विश्वभर क्लिनिकल ट्रायल (फेज थ्री) कै रुपमा प्रयोग हुँदै आएको छ । साउनको अन्तिम साता औषधि व्यवस्था विभागले क्लिनिकल ट्रायलका लागि आयात गर्न अनुमति दिएपछि यतिकेम सहित अरु दुई कम्पनीले नेपालमा रेमडेसिभिर बैधानिक रुपमा नेपाल भित्र्याएका छन् ।

रेमडेसिभिर आयात र वितरणको अवस्थाको बारेमा जानकारी दिन आज आयोजित भच्युअल पत्रकार सम्मेलनमा यतिकेमका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यले आफूहरुको पहिचान नै लाइफ सेभिङ आयात र वितरण गर्ने बनिसकेको भन्दै कोरोना महामारीविरुद्धको यो लडाइमा आफूहरुले रेमडेसिभिर औषधि आयात गरेको बताए । उनले अहिले पहिलो लटमा ४८० भाइल औषधि आएको, अव १० सेप्टेम्बरमा यत्तिनै परिमाण आउने र २५ सेप्टेम्बरमा १०४० भाइल आउने जानकारी दिए । उनले आएका औषधिहरु काठमाडौँ, चितवन, विरगञ्ज, बुटवल लगायतका स्थानका अस्पतालमा पठाइएको र बाँकी स्थानमा पनि आवश्यकता अनुसार पुरयाउने बताए । उनले आवश्यकताको आधारमा सरकारको नियमको पालना गर्दै थप औषधिहरु आयात गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा अञ्जनी कुमार झाले कोरोना संक्रमण बढेका बेला तुलनात्मक रुपमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर क्लिनिकल ट्रायलको रुपमा आफूहरुले ल्याउन सिफारिस गरेको र सोही अनुसार आएको भन्दै प्रशन्नता प्रकट गरे । उनले रेमडिसिभिर औषधिको १०० जनामा क्लिनिकल ट्रायल हुने समेत बताए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी, वीर अस्पतालका छातीरोग विशेषज्ञ डा अशेष ढुंगाना, सिप्ला लिमिटेडका नेपाल प्रमुख नृपराज जोशी, यतिकेमका पृथ्वीराज बैद्य लगायतले रेमडेसिभिरको आयात, यसको प्रभावकारिता र वितरणको बारेमा प्रकास पारेका थिए ।

यतिकेमले रेमडेसिभिरको मूल्य अधिकतम ६ हजार ४ सय रुपैयाँ तोकेको छ । स्वास्थ्य मन्त्रालयले क्लिनिकल ट्रायलको रुपमा भएकोले औषधिको खर्च मन्त्रालयले अस्पताललाई सोधभर्ना गरिदिने भन्दै बिरामीले तिर्नु नपर्ने भन्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *