मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर पदमा डा सतिशकुमार देव नियुक्त

काठमाडौँ, १५ भदौ ।  बाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रेक्टर पदमा सह प्राध्यापक डा सतिशकुमार देवलाई नियुक्त गरेको छ ।

प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति समेत रहेका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले सहप्राडा देवलाई चार बर्षे कार्यकालका लागि रेक्टर पदमा नियुक्त गरेका हुन् ।

डा देव अहिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)को क्लिनिकल फार्माकोलोजी विभागका विभागीय प्रमुख हुन् । उनीसंग स्वास्थ्य बीमा बोर्ड र नेपाल मेडिकल काउन्सिलको सदस्य बनेको अनुभव छ ।

डा देवले रेक्टरको नियुक्ति आज लिएको भन्दै पदवहाली केही दिनपछि गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *