स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उप्रेतीद्धारा पदवहाली

काठमाडौँ, २७ साउन ।  स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.  सेनेन्द्रराज उप्रेतीले पदवहाली गरेका छन् । सोमबार दिउसो बीमा बोर्डको कार्यालय टेकु पुगेर पदवहाली गरेका हुन् ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा गत १९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सचिव समेत रहेका डा उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।  नियुक्ति भएको एक सातामा उनले पदवहाली गरेका हुन् ।

यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा. उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार बर्षको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *