औषधिको गुणस्तर परीक्षण गर्दा ११ प्रतिशतमा कैफियत

काठमाडौँ, ३ साउन । औषधि व्यवस्था विभागले आर्थिक बर्ष २०७६/ ७७ मा गरेको नमूना परीक्षणमा १०.९ प्रतिशत औषधिको गुणस्तरमा कैफियत देखिएको छ ।

विभागले गत आर्थिक बर्षमा १ हजार १८ नमूना परीक्षण गरेकोमा १११ अर्थात १०.९ प्रतिशत औषधिको गुणस्तरमा कैफियत देखिएको महालेखा परीक्षकको सन्ताउन्नौं बार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा विभागले गुणस्तरमा कैफियत (फेल) भएका औषधिहरुलाई बजारबाट फिर्ता गर्न निर्देशन दिइएको तर फिर्ता भए नभएको वा त्यसको उत्पादन रोक्का भए नभएको एकीन विवरण प्राप्त नभएको उल्लेख गरेको छ ।

९९ वटा औषधि पसल निलम्बन, ७८ वटा बन्द 

प्रतिवेदनमा औषधि व्यवस्था विभागले यो बर्षसम्ममा दर्ता भएका ३ हजार ३५१ थोक विक्रेता, २० हजार २३२ खुद्रा विक्रेता र १९७ स्वदेशी उद्योग तथा ४२४ औषधि आयातकर्तामध्ये ३ हवा ४०४ औषधि विक्रेता र ८७ ववटा स्वदेशी उद्योगको अनुमगन तथा निरीक्षण गरेको उल्लेख छ ।

यस्तै १ हजरा १८ वटा औषधिको नमूना परीक्षण, ३० उद्योगको प्रयोगशाला परीक्षण तथा २३ विदेशी औषधि आयात गर्ने फर्मको अनुगमन गरेको छ । अनुगमनबाट ९९ वटा औषधि पसललाई निलम्बन, ७८ वटा औषधि पसललाई बन्द र २५ वटामा मुद्धा दायर गरेको छ ।

प्रतिवेदनमा दर्ता भएको तुलनामा न्युन संख्यामा अनुगमन भएकोले अनुगमन कार्य थप प्रभावकारी रुपले सञ्चालन गर्न समेत सुझाव दिइएको छ ।

औषधि ऐन २०३५ र नियमावली २०३८ मा विभागले अनुज्ञापत्र दिने, नबीकरण गर्ने तथा नियमित रुपमा औषधि पसलको अनुगमन गर्नुपर्ने, अनुगमनबाट देखिएका कमजोरी सुधार गर्न सचेत गराउने, निलम्बन गर्ने, मुद्धा चलाउने जस्ता कार्यको माध्यबाट नियमन गर्ने व्यवस्था छ । यस्तै औषधि ऐन, २०३५ को दफा २४ मा औषधिको नमूना जाँच गर्नुपर्ने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *