अब सातै प्रदेशबाट शुल्क तिरेर कोरोना परीक्षण गराउन पाइने

काठमाडौँ, २८ असार । सरकारले अबदेखि सातै प्रदेशबाट सशुल्क (शुल्क तिरेर) कोरोना भाइरस (कोभिड–१९) को पिसिआर विधिबाट परीक्षण गर्न सक्ने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले गत बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सातै प्रदेशमा सशुल्क कोरोना परीक्षण गर्न पाउने व्यवस्था मिलाएका हुन् ।

यो निर्णयपछि सरकारकै प्रयोगशालामामा क्राइटएरिया भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला ५ हजार ५०० रुपैयाँ शुल्क तिरेर नमूना परीक्षण गर्न सक्नेछन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नं. २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालाबाट शुल्क तिरेर पिसिआर परीक्षण गर्न सकिनेछ ।

यसअघि मन्त्रालयले वैदेशिक रोजगारमा जाने चाहने व्यक्तिलाई निरोगिता प्रमाणपत्रका लागि वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर कोभिड–१९ को परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *