पाटन अस्पतालको आइसीयूबाट मेसिन चोरेको आरोपमा डाक्टर र अहेव पक्राउ

ललितपुर, २८ जेठ । पाटन अस्पतालको आइसियू कक्षबाट पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा एक जना चिकित्सक र एक जना अहेव पक्राउ परेका छन् । पक्राउ पर्नेमा डा प्रवीण मिश्र र अहेव रमेशकुमार शर्मा रहेका छन् ।

पक्राउ परेका चिकित्सक डिएन्डबी मेडिकेयर बर्दिबासमा कार्यरत रहेको खुलेको छ । अहेव शर्मा पनि बर्दिबासकै अस्पतालमा कार्यरत रहेको बुझिएको छ ।

घटना गत १७ जेठको हो । कम्पनीबाट मेसिन मर्मत आएको बताउँदै उनीहरुले अस्पतालको आईसीयूमा छिरेर सामान चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरूले चोरीको मेसिन बानेश्वरस्थित आफन्तको डेरामा राखेका थिए ।

२० लाख ७९ हजार रुपैयाँ पर्ने सो मेसिनलाई स्वास्थ्यकर्मी व्यस्त रहेको मौकामा उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले सामान चोरी भएपछि अस्पतालबाट उजुरी परेको र अनुसन्धानपछि दुई जना पक्राउ परेको बताए ।

उनीहरूलाई चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । प्रहरीले उनीहरुबाट मेसिन पनि प्रहरीले बरामद गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *