पछिल्लो चौविस घण्टामा थपिए २७९ कोरोना कोरोना संक्रमित

काठमाडौँ, २८ जेठ । पछिल्लो २४ घण्टामा देशभर २७९ जना कोरोना संक्रमित थपिएका छन । तीमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा कोरोना भाइरस सम्वन्धि नियमित ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । नयाँ संक्रमितहरु पाल्पा, रुपन्देही, बर्दिया, चितवन, सप्तरी, झापा, दैलेख, जाजरकोट, सुर्खेत, कैलाली, दार्चुला, कन्चनपुर, डडेल्धुरा, सर्लाही, कपिलवस्तु, धादिङ, नुवाकोट, लगायतका छन् ।

यसैबीच पछिल्लो चौविस घण्टामा विभिन्न अस्पतालमा उपचार गराएका ९० जनाले कोरोना पराजित गरि डिस्चार्ज भएका छन् । तीमध्ये ८८ जना पुरुष र २ जना महिला रहेका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या ६७४ पुगेको छ । त्यसमध्ये पुरुष ५९५ जना र महिला ७९ रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *