कर्णाली प्रदेशका थप ५९ जनामा कोरोना संक्रमण

काठमाडौँ, १८ जेठ । कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले शनिबार राती ९ ४५ मा सार्वजनिक गरेको विवरण अनुसार प्रदेशमा १ जना महिला र ५८ जना पुरुष गरी ५९ जनामा संक्रमण देखिएको हो।

जुम्लास्थति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेतको प्रयोगशाला परीक्षण गर्दा नयाँ संक्रमित भेटिएको हो । शनिबार थपिएका ५९ सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ।

कर्णालीमा थप भएका ५९ संक्रमितसहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय ६० पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *