एपोनद्धारा स्वास्थ्य पत्रकार मञ्चलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

काठमाडौँ, १६ बैशाख । कोरोना महामारीको समयमा स्थलगत रिपोर्टिङमा खटिएका पत्रकारका लागि नेपाल औषधि उत्पादक संघ (एपोन)ले स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य पत्रकारहरुका छाता संस्था स्वास्थ्य  पत्रकार मञ्च नेपाल मार्फत स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको हो ।

मंगलबार मन्त्रालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा एपोनका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले मञ्चका अध्यक्ष कल्पना आचार्यलाई सामग्री हस्तान्तरण गरे । सो सामग्रीमा सर्जिकल मास्क, ग्लोव्स, ह्याण्ड स्यानिटाइजर लगायतका सामग्री छन् ।

एपोनले सामग्री हस्तान्तरण गरे लगत्तै मन्त्रालयमा उपस्थित पत्रकारलाई मञ्चको तर्फबाट सामग्री वितरण भएको थियो । आज अनुपस्थित हुन नसकेका पत्रकारलाई सम्पर्कमा आएका बेला उपलव्ध गराउने मञ्चका महासचिव रामप्रसाद न्यौपानेले बताए ।

सामग्री वितरण गर्न एपोनका तर्फबाट अध्यक्ष क्षेत्री सहित उपाध्यक्ष सन्तोष बराल र महासचिव विप्लव अधिकारीको उपस्थिति थियो ।
सो अवसरमा बोल्दै एपोन अध्यक्ष क्षेत्रीले कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका पत्रकारहरुको स्वास्थ्य सुरक्षा सम्वेदनशीलतालाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताए । उनले सरकारलाई पनि स्वदेशी औषधिको खरीद गरी प्रयोग गर्न अनुरोध गरे ।

‘अहिले विदेशबाट औषधि ल्याउने सम्झौँता भइरहेको छ भन्ने सुनेका छौँ । यदि ति औषधिहरु स्वदेशमै उपलव्ध छन् भने किन् विदेशबाट ल्याउनु पर्‍यो, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ अध्यक्ष क्षेत्रीले भने ।

 

कार्यक्रममा बोल्दै एपोनका महासचिव अधिकारीले कोराना महामारीविरुद्धको अभियानमा आफूहरुले फ्रन्टलाइनमा खटिएका पत्रकार सहित स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समेत विभिन्न किसिमका स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलव्ध गराएको जानकारी दिए । उनले स्यानीटाइजर उपलव्ध गराउने एसआर ड्रग र सुमी फर्मास्यिुटिकल्सलाई विशेष धन्यवाद दिए ।

मञ्चका अध्यक्ष कल्पना आचार्यले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै यतिवेला सञ्चारकर्मी पनि कोरोना विरुद्ध फ्रन्टलाइनमै खटिएर काम गरेको भन्दै एपोनले पत्रकारको सुरक्षाका लागि सामग्री उपलव्ध गराउनु खुशीको कुरा भएको बताइन । उनले सामग्री उपलव्ध गराएकोमा धन्यवाद दिइन ।

यसैबीच स्वास्थ्य पत्रकारहरुका लागि रायमाझी ट्रेड कन्सर्नले पनि केही थान सर्जिकल मास्क र ग्लोब्स उपलव्ध गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *