‘कोरोना विरुद्धको लडाईँका कमाण्डर स्वास्थ्यकर्मी नै हुन्, कमाण्डरको मनोवल बढाउनु सरकारको दायित्व हो’

चीनको वुहानमा नयाँ कोरोना भाइरस (कोभिड १९)को पहिलो संक्रमण देखिएको एक सय दिन पुगेको छ । यो भाइरसको संक्रमण नेपालमा आउन नदिन वा आइहाल्यो भने नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले के कस्ता रणनीति अघि बढाएको छ ? स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग नेपाली हेल्थ डटकमका तर्फबाट रामप्रसाद न्यौपानेले कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सारसंक्षेप :

संसारभर फैलिएको नयाँ कोरोना भाइरस (कोभिड – १९) देखिएको आज १०० दिन पुगेको छ, यो अवधी पार गर्दा नेपालकोे अवस्था के हो ?
नयाँ कोरोना भाइरस (कोभिड १९) चीनमा पहिलो पटक देखिएको आज १०० दिन पुगेको छ । यो अवधी पार गर्दा संसारका प्राय सबै मुलुकमा यसले प्रभाव पारेको छ । १५ लाख बढी संक्रमित भएका छन्, ८५ हजार बढीको ज्यान गएको छ । हाम्रो नेपालको सन्दर्भमा कुरा गर्दा अहिलेसम्म संक्रमित केशको संख्या ९ वटामा मात्रै सिमित गर्न सफल भएका छौँ । त्योे मध्ये १ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ८ जना रोगको निगरानीका लागि अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य नै छ ।

हामीले शुरुमै यो रोगलाई नेपालमा प्रवेशमा निषेध गर्ने , जागरणको माध्यमबाट क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राख्नका लागि अपिल गर्नेे, संक्रमित भएको अवस्थामा अस्पताल लगेर उपचार गर्ने र यसको स्थिति भयावह हुन नदिने भन्ने नै थियो । भविस्यमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिएर त्यसका लागि अहिले नै योजना बनाएर सामना गर्ने, क्षतिलार्य अधिकतम न्युन गर्ने प्रयत्न गर्ने भन्ने थियो । हामी त्यसमा सफल पनि थियौँ तर यो बीचमा एउटा दुखत पाटो रहयो । कि संक्रमित संख्या ९ पुग्दा एक जनामा नेपाल नछोडेको व्यक्तिमा पनि यो संक्रमण प्रवेश गरेको पाइयो । यसले ग्रिन जोनमा रहेको हाम्रो देशलाई त्यो भन्दा माथिल्लो स्थितिमा पुरयायो । अव सावधानी सतकर्ता र जोखिमको न्युनिकरण अब हामी हिजोकै विधिले चल्नु हुँदैन भन्ने सन्देश दिएको छ ।

अबको विधि के हो त ?
अहिले मुलुक लकडाउनमा गएको छ । दुई चरणको लकडाउन सकेर अहिले तेस्रो चरणमा तरणमा पुगेका छौँ । अहिले हामीले अफ्टेरो अवस्थामा भएपनि विश्वको महामारी विरुद्ध विजयी प्राप्त गर्ने सुनिश्चितताका लागि उपचार वा हतियार जे भनेपनि एउटा उपयुक्ति माध्यम भनेको लकडाउन नै हो । हामीले समयमै लकडाउन गरेर सम्भावित जोखिमलाई न्युनिकरण गर्न एकहदसम्म सफल भएका छौँ भन्ने लाग्छ । त्यसबाहेक हामीले अब परीक्षणको दायरा बढाउनु पर्नेछ । मासमा गएर परीक्षण गर्नुपर्ने छ । र त्यो हामीले शुरु गरिसकेका पनि छौँ ।

परीक्षण दर निकै कम भयो भन्ने गुनासो पनि सुनिन्छ नि ?
तपाईँलाई फेरी भनौ यो भाइरस देखा परेको १०० दिन भयो । तीन महिना अघिसम्म हामीकहाँ योे रोगको परीक्षण गर्ने ठाँउ थिएन । पछि टेकुको जनस्वास्थ्य प्रयोगशालामा शुरु भयो । अहिले हामीले देशका १० वटा ठाँउमा परीक्षण आरम्भ गरेका छौँ । अरु थप ५ ठाँउमा परीक्षण शुरु गर्ने तयारीमा जुटिसकेका छौँ । हिजो हामीले परीक्षण शुरु गर्दा गति न्युन थियो भने अहिले पछिल्लो दिनमा परीक्षणको गतिलाई फराकिलो बनाउनुपर्छ भनेर लागि रहेका छौँ । यो गति निकै बढेको पनि छ ।

परीक्षणको गति कसरी बढाउँदै हुनुहुन्छ ?
पछिल्लो दिनको कुरा गर्ने हो भने हवाई माध्यमबाट आउने भाइरसलाई करीब करीब न्युनिकरण गरेका छौँ । यद्धपी यसको सावधानीको कुरा छँदैछ । यसबीचमा सरकारले मुलुकलाई लकडाउन गरेको अवस्था छ । तर लकडाउन पछि छिमेकी मुलक भारतबाट ठूलो संख्यामा हाम्रा दाजुभाईहरु स्वदेश फर्कनु भएको छ । विशेषगरी अहिले सुदूरपश्चिममा त्यसको नतिजा समेत देखिन थालेको छ । यसले सुदूरपश्चिम प्रदेशमा थप जोखिम बढाएको छ । अस्पतालमा भएका कुल ८ जना संक्रमित मध्ये ४ जना त्यहि प्रदेशको भएको हुनाले पनि अहिले हामीले परीक्षणको गति त्यस क्षेत्रमा बढाएका छौँ । अहिले नेपाली सेना समेत परिचालन गरेर सुदूरपश्चिमको प्रत्येक पहाडी जिल्लाबाट पनि नमूनाहरु संकलन गर्ने काम भएको छ । नमूना संकलन गर्नका लागि हेलिकप्टरबाट जनशक्ति पठाएर हामीले यहाँबाट काम गरिरहेका छौँ । यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा पनि यो परीक्षणको कार्यलाई थप गति दिएका छौँ ।

परीक्षणसंगै बढी उठेको सवाल स्वास्थ्यकर्मीको सुरक्षा सामग्रीको विषय हो, यसको अवस्था कस्तो छ अहिले ?
हिजो सामग्रीको हाहाकार हुँदा काम गर्न गाह्रो हुन्छ कि भन्ने त्रास थियो । अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने डाक्टर नर्स प्यारामेडिक्स तथा अन्य सरोकारवाला साथीहरु अर्थात यो लडाईको नेतृत्व गर्नेहरुलाई विना हातहतियार पठाउन पर्ने अवस्था आउने त होइन भन्ने स्थिति थियो । तर यो बीचमा हामीले त्यसमा पनि समाधानउन्मूख बाटो खोलिसकेका छौँ । र भोलिका दिनमा यो असहज अवस्था आउन दिने छैनौ भन्नेमै सरकार लागि परेको छ । अहिले पनि हामीले यसको व्यवस्थापनमा विशेष रुपमा ध्यान केन्द्रीत गरेका छौँ ।

साराशंमा भनौँ स्वास्थ्य सामग्रीको कुरामा हामी हिजोको भन्दा अहिले हामी ठिक ठाँउमा आईपुगेका छौँ । अझ भोलिको दिनमा यो भन्दा अझ राम्रो नै हुनेछ । अभाव हुने छैन । कतिपय स्थानीय तहका स्वास्थ्य संस्थामा यसको उपयुक्त प्रयोगको बारेमा पनि अलमल भएको देखिएको छ । त्यो अलमललाई विषयहरुलाई पनि एक रुपताका साथ बुझ्ने बुझाउने र त्यो ढंले काम गर्ने कुरामा पनि हामी लागेका छौँ ।

तीन महिना हामी ग्रिन जोनमै रहयौँ । पछिल्लो साता मात्रै हामी दोस्रो चरणमा प्रवेश गरयौँ । पहिले र अहिलेको स्टेज परिवर्तनसंगै हाम्रो रणनीति पनि परिवर्तन भएको छ कि ?
हिजो हामीले विदेशबाट आएका विदेशी नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनेका थियौँ । विदेशबाट आएका नेपाली नागरिकलाई सम्पर्कमा रहन होम क्वारेन्टाइनमा बस्न, विरामी भए देखि हामीलाई खबर गर्न, पोजेटिभ रिपोर्ट आए राज्यले उपचारको जिम्मा लिन्छ भनेर हामीले भनेका थियौँ ।

अहिले अव परीक्षणको दायरा बढाएका छौँ । दायरा बढाउँदा हामीले चार कुरालाई प्राथमिकतामा राखेका छौँ । पहिलो जोखिमयुक्त देशबाट आएका नेपालीहरु जो अहिलेसम्म स्वास्थ्य परीक्षण नगराईकन घुमफिर गरिराख्नु भएको छ वा घरमा रहनु भएको छ । जो आएर घरमा बस्नु भएको छ आफन्तहरुलाई भेटनु भएको छ ती भेटिएका व्यक्तिलाई पनि हामीले परीक्षणको दायरामा ल्याउनु पर्छ । तेस्रो विभिन्न ठाँउबाट आएर तल तल क्वारेन्टाइनमा राखेका छौँ । कम्तिमा उहाँहरुलाई परीक्षणमा ल्याउनु परयो । र यो जोखिम संग काम प्रत्यक्ष सम्पर्कमा रहने गर्ने डाक्टर नर्स, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायतका सरोकारवाला व्यक्तिहरुलाई पनि परीक्षणको दायरामा ल्याउछौँ ।

हिजो हामीसंग केही सिमितता थियो । जनशक्ति थिएन । परीक्षण गर्ने क्षमता पनि कम थियो तर अहिले त्यो छैन हामी १० ठाँउबाट परीक्षण शुरु गरेका छौँ । जनशक्ति पनि प्रयाप्त छ । हिजो स्वाव टेष्टलाई मात्रै फोकस गरेका थियौँ । अव हामीले र्यापिट टेष्ट विधि पनि शुरु गर्न थालेका छौँ । प्रत्येक प्रदेशमा हामीले ५ हजारका दरले रयापीट टेष्ट गर्ने सामग्री पठाईसकेका छौँ । अति जोखिममा भएको जुम्ला अछाम डोटी, त्यहाँको स्याम्पल कलेक्सन गर्ने काम सकिएको छ । डडेल्धुरा दार्चुला र बैतडीमा आज र भोलिमा तयो सक्छौँ । तल कैलाली कन्चनपुरमा गाडिबाट नै गएकोले पीसीआर र रयापीड दुबै खालका स्याम्पलहरु ल्याएका छौँ । पछिल्लो दिनमा हामीले दैनिक पाँच सय भन्दा बढी नमूना परीक्षण गरेका छौँ । पहिले थोरैले टेष्ट गराए । अहिले केश बढदै गएपछि हामी राज्यले पनि निर्णय नै गरेर यो कार्यलाई अनिवार्य गरयौँ । त्यसैले परीक्षणको दायरा बढदो क्रममा छ । आज पनि हाम्रो छलफल छ । यो संख्या कम्तीमा १ हजार माथि पुरयाउने हाम्रो लक्ष्य छ । आवश्यकता परयो भने दैनिक २ ३ हजार गर्न सक्ने क्षमता पनि तयार हुँदैछ । एउटा उल्लेखित संख्यामा परीक्षण गर्ने र संक्रमित भए नभएको निश्चित गर्ने, संक्रमित देखि उनीहरुलाई थप उपचारको प्रवन्ध गर्ने गरी दायरा बढाएका छौँ ।

विश्वका विभिन्न देशमा वितण्डा मच्चाएको यो भाइरस अहिलेसम्म नेपालमा क्षति पुग्ने गरि सक्रिय भएको देखिएको छैन्, यदि सक्रिय भयो भने वा महामारीको रुप लियो भने के गर्ने भन्ने कुनै अवधारणा बनाउनु भएको छ ?
हो हामीले यसको पनि विश्लेषण गरिरहेका छौँ । हामीले सामान्य स्थति रहयो भने प्रति महिना १५००, अलि विचको अवस्था भयो भने प्रति महिना ३ हजार र अलि तिब्रताका साथ गयो भने साढे ४ हजारसम्म हुनसक्छ भन्ने अनुमान गरेका छौँ । हचुवा अनुमान होइन । विज्ञहरुले गरेको अध्ययन विश्लेषण हो । त्यसै अनुरुप हामीले काम अघि बढाएका छौँ । परीक्षणका दायरा बढाउने, प्रदेशहरुमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउने, जनशक्तिहरुको व्यवस्थापन मिलाउने, थप जनशक्ति तयारी अवस्थामा राख्ने आदि काम पनि भइरहेको छ । यो हामीले हिजो चाहि अन्तराष्ट्रिय परिस्थिति यसको फैलावट, हाम्रो जस्तो मूमिसंग मिल्दो जुल्दो देशहरुसंग विश्लेषण गरेर यो अनुमान र तयारी गरेका हौँ ।

हामीले जोखिम आयो भने यसरी समाधान गर्न सक्छौँ भन्ने योजना बनाएर हिजो देखि नै काम गरिरहेका छौँ । कतिपयलाई यो यत्तिकै रोकिएको छ भन्ने पनि लागेको होला । यो यतिकै रोकिए पनि, तपाई हाम्रो साझा पहलले रोकिए पनि, अरु कसैको योगदानले रोकिए पनि यो महामारी फैलिन नदिन रोक्न सकियो भने यो हामी सबैको सफलता हो । यो कारण पछि खोजौला तर नआउने कुराको सुनिश्चिता तर्फ लागौँ । त्यसैले मैले पहिले देखि नै सार्वजनिक ढंगले गरेको अपिल पनि के हो भने यो रोगको कुनै जात धर्म, क्षेत्र लिंग , बर्ग सिमा भूगोल छैन । यसले कुनै यो पार्टी त्यो पार्टी भन्दैन । यो हाम्रो साझा सत्रु हो । अदृश्य ढंगबाट आउने सत्रु । त्यसैले पनि यो बढी जोखिम छ । तर यो शत्रु आईहाल्यो भने पनि यो संग हार्ने स्वीकृति तपाईँ हामीलाई छैन । यो जोखिममा हामी सबै मिलेर परास्त गर्नै पर्छ । यसका लागि हामीले आफ्ना आस्थालाई एकतर्फ फालेर एकजुट हुनै पर्छ । पहिले हामी सबै बाँचौँ अनि बाझाबाझ पछि गरौँला नि हुन्न ।

कोरोना विरुद्धको लडाईको कमाण्डर त स्वास्थ्यकर्मी नै हुन्, उनीहरुको सुरक्षा सुविधा तथा उत्प्रेरणका लागि राज्यले के गर्दैछ ?
यसमा हामीले मुलत तीनवटा काम गरेका छौँ । पहिलो भनेको यो क्षेत्रमा काम गरेको स्वास्थ्यकर्मी साथी हरु नै युद्धको कमाण्डर हो । उहाँहरुले नेतृत्व गरेको लडाईमा हामीले विजयी प्राप्त गर्नु पर्छ भनेर लागि राखेका छौँ । उहाँहरुको उच्च मनोवल, अदम्य साहास, आफ्नो ज्यान जोखिममा राखेर ज्यान बचाउने कार्यमा जसले यो युद्धको नेतृत्व गर्नु भएको छ, राज्यको तर्फबाट उहाँहरु सुरक्षित हुनुहुन्छ । राज्य तपाईँहरुको अभिभावक हो भन्ने अनुभूति हामीले उहाँहरुलाई गराएका छौँ । गराउँदै जाने छौँ । यसको लागि हामीले जोखिममा काम गर्ने यस्तो व्यक्तिहरुको सन्दर्भमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुका लागि १०० प्रतिशत, बीचमा रहेकालाई ७५ प्रतिशत, र पछिल्लो तप्काबाट सहयोग गर्ने जनशक्तिलाई ५० प्रतिशत भत्ता उपलव्ध गराउने भएका छौँ ।

दोस्रो यो कार्यमा लाग्नु भएका साथीहरुको स्वास्थ्यबीमाको कुरालाई अहिले हामीले केन्द्र सरकारको तर्फबाट २५ लाख रुपैयाँ दिने निर्णय गरको छौँ । स्थानीय तथा प्रदेश तहले पनि यो प्रेरणालार्य उल्लेख्य रुपमा नै ग्रहण गर्नु भएको छ ।

तेस्रो यो पेशासंग सम्लग्न हुने स्वास्थ्यकर्मीमाथि हुने,अस्पतालमा जुन खालको हो हल्ला आतंक र डाक्टर सावले विगतमा उपचारका क्रममा जो भय लिनु पर्ने अवस्था थियो अहिले मन्त्रिपरिषदकै बैठकले निर्णय गरेर त्यो भयलाई हटाउने प्रयास गरेका छौँ । अब स्वास्थ्यकर्मीमाथि डर धम्की दिनेलाई पनि डिउटीमा रहेका सुरक्षाकर्मीमाथि डर धम्की दिने माथि जे कारवाही हुन्छ त्यहि अनुरुपकै हुने भन्ने निर्णय भएको छ ।
हामीले जति यी व्यवस्था गरेका छौँ कि त हामी गर्नेलाई थाह भयो कि त्यो क्षेत्रका अगुवालाई मात्रै थाह भयो । अव राज्यले अहिले कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका लागि केके निर्णय गरयौँ भन्ने कुरा, जोखिममा काम गर्ने हरुको कसरी मूल्यांकन र प्रोत्साहन गर्छौँ भनेर सरकारले पुस्तिका ल्याउने तयारी गरेको छ ।

कोरोना विरुद्धको अभियानमा चिकित्सक, नर्स तथा निजी अस्पतालहरुको संस्थासंग समन्वय अलि भएको छैन कि भन्ने पनि आवाज उठेको छ नि ?
त्यस्तो होइन । अहिले स्वास्थ्य मन्त्रालयमा सचिवको नेतृत्वमा कमिटी छ । त्यसमा मन्त्रालयको तर्फबाट डा गुणराज लोहनी हुनुन्छ । मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ, निजी मेडिकल कलेज सञ्चालकहरुको संस्था, निजी अस्पताल संचालकहरको संस्थाका प्रमुखहरु त्यसको सदस्य छन् । कोरोना विरुद्धको लडाईमा हामीले यो स्वास्थ्य क्षेत्रमा नीति बनाउने कुरा र एक्सनमा जाने कुरामा सरकारी निजी क्षेत्रमा कुनै विवेध नरहने गरी काम गरेका छौँ । महामारी रोक्न सबैसंग मिलेर काम गर्ने । कमिटिले दिएको सुझाव पनि ग्रहण गरि अघि बढछौँ । प्रत्येक दिन हिजोबाट मन्त्रालयको हाइकमाण्डको बैठक राख्छौँ । त्यसमा हामीले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र विज्ञ डा खेम कार्की सहितको बैठक बस्ने गर्दछ । डे टू डे एक्सन प्लान पनि गर्दछ । त्यसले हिजोको दिनमा भन्दा परिमार्जन हुँदै पनि आएका छौँ । यो परिस्थितिमा कष्टकर जीवन विताएर पनि जनताले जो काम गर्नु भएको छ त्यो म उच्च मूल्यांकन गर्न चाहन्छु । अहिले थोरै दुख सहेर यो रोगको संक्रमण हुनबाट जोगायौँ भने भोलि गर्भ गर्ने ठूलो आधार हुन्छ । अहिले अलिकति मात्रै हेरियो । हेलचेक्राई गरियो र सावधानी अपनाइएन भने र यो संक्रमण विस्पोट हुने अवस्थामा पुग्यो भने मूलुक एउटा भयावहमा जान सक्छ । परिस्थितिमा पछुताउनु भन्दा अरु विकल्प हुँदैन । त्यसले गर्दा अहिल यो अवस्थालाई नियन्त्रणमा लिनु पर्छ । राज्यले अख्तियारी गरेको नियम प्रति सबैले पालना गर्नु जरुरी छ ।

औषधि उद्योग र आयातकर्तासंग मन्त्रालयले समन्वय नगरेको भन्ने गुनासो छ ?
त्यसमा पनि सत्यता छैन । उहाँहरु आउने भेटने कुरा भईरहेको छ । उहाँहरुको काम यहाँबाट भन्दा पनि विभागहरु छन् त्यहाँबाट भइरहेको छ भन्ने मैले बुझेको छु । यद्धपी विशेष अवस्थामा उहाँहरसंग पनि छलफल भएरै कतिपय नीतिगत निर्णयहरु भएका छन् । उहाँहरुलाई बाहिर राख्ने भन्ने त प्रश्नै आउँदैन् । र फेरी पनि भन्छु । औषधिको लागि औषधि विभाग नै छ । सामानहरु आयात गर्न स्वास्थ्य सेवा विभागले छुटै शाखा नै राखेको छ । त्यहाँबाट पनि उहाँहरुको काम भइरहेको छ भन्ने मैले ठानेको छु । समस्या आयो भने गुहार्ने त मन्त्रालय नै हो अन्यथा काम त सम्वन्धीत निकायबाट भइरहेको छ । गुनासो छैन होला भन्ने मैले ठानेको छु ।

निजी अस्पतालले बिरामी फर्काएको वा विपतको बेलामा राम्रो सेवा नदिएको भन्ने पनि गुनासो आउन थालेका छन्, यहाँले कसरी लिनु भएको छ ?
अहिले निजी र सरकारी भनेर विभाजन गर्न सकिन्छ कि भनेर गरिएको कु प्रचार मात्रै हो । हामीसंग जति निजी क्षेत्रका डाक्टर र अस्पताल संचालक आउनु भएको छ , सुरुका दिन देखि उहाँहरुले बहुत इच्छा शक्तिका साथ हामीलाई सहयोग गरिराख्नु भएको छ । परेको खण्डमा हामी छौँ, सरकारका हामी अंग हौ भन्नु भएको छ । हुन पनि अब महामारी फैलिाये भने यो सरकारी र यो निजी अस्पताल भन्ने हुन्छ र । रोगले त्यस्तो भन्छ र ?

भनेपछि निजीले कोरोना भन्दै विरामी फर्काउने अवस्था छैन ?
हामीले नियम बनाएका छौँ । संक्रमितहरुलाई अस्पताल अस्पतालमा छरेर हामीले उपचार गर्दैनौँ । कोरोनाका विरामी पहिले टेकुको सरुवा रोग अस्पतालमा राख्छौँ । त्यो नभरुन्जेल हामीले अन्यत्र पठाउँदैनौँ । त्यहाँ भरिएपछि मात्रै पाटन पठाउँछौँ त्यसपछि सशस्त्रको बलम्बु पठाउँछौँ । कोरोनाको उपचारका लागि हामीले यसरी तोेकेका छौँ । ती भरिएपछि वीरमा लाने कि नर्भिकमा लाने कि ग्राण्डीमा लाने कि मेडिसिटीमा लाने भन्ने निर्णय हुन्छ । तर त्यो सम्भावित जोखिमका लागि पनि हामीले भनिसकेका छौँ ।

तर अहिले हामीले निजीलाई भनेको के हो भने हामीलाई दिनुपर्ने वीस प्रतिशत निशुल्क गनर््स । अब सरकारी अस्पतालमा उपचार गरिरहेका मान्छेहरुलाई त्यता सिफट गर्दा के कसरी गर्ने भन्नेबारेमा छलफल हुँदैछ । र यी सबैकुरामा के कन्फ्युजन छैन भने निजी क्षेत्रका लागि यो गर्दिन भनेको छैन । असहयोग गरेको छेन ।

केही दिन अघि कोरोनाकै सन्दर्भमा  सार्कराष्ट्रको बैठक पनि सहभागी हुनु भएको थियो अरु देशको अवस्था कस्तो रहेछ ?
यो क्षेत्रमा भएका अरु देशको भन्दा हाम्रो देशको तयारी सन्तोष जनक देखियो । तयारी, व्यवस्थापन, संक्रमण रोक्ने कुरामा पनि सफलता प्राप्त गर्ने हैसियत रहेको पायौँ । यसको अर्थ के हो भने स्वास्थ्य मन्त्रालयले के पो गरिहरेको छ र भन्ने पनि लाग्ला तर हाम्रैो तयारी विश्व स्तरीय छ । दक्षिण एसिया, दक्षिण पूर्वी एसियाका अन्य राष्ट्रको तयारी भन्दा अव्वल छ । देश भित्रका लागि यो कुरा पत्याउनु भएको छैन तर विदेशी राष्ट्रले हाम्रो कामको तारिफ नै गरेको छ । हाम्रो बानी नभएर पनि हुनसक्छ । पछिल्लो दिनमा नेपालीहरु किन स्वदेश फर्कन चाहिरहेका छन भने नेपाल अरु देशको तुलनामा बढी सुरक्षित छ भन्ने पनि एउटा कारण हो ।

मेडिकल सामग्री खरीदमा स्वास्थ्य मन्त्रालय विवादमा फस्यो नि,  कसरी ?
यसमा कुनै अलमलको कुरा थिएन । देशमा सामग्रीको अभाव थियो । सामग्री जरुरी पनि छ । आवश्यकताका हिसावले पनि सामान ल्याउने कुरामा विलम्ब भइसकेको थियो । सामान ल्याउन हिजोको जति सजिलो थिएन । भारतको आड भरोष थियो तर उता संक्रमण देखिएसंगै त्यो बाटो बन्द भयो । चीनबाट पनि ल्याउन समस्या थियो । यसले हामीलाई थप चिन्तित गराएको थियो ।

गत ११ चैतमा उच्चस्तरीय समितिको बैठक बस्यो । त्यसले आजै सूचना प्रकाशित गर्ने, भोलि बेलुकासम्म सम्वन्धित पक्षसंग समझदारी कायम गर्ने, १५ गते काठमाडौँमा औषधि तथा सामग्री झार्ने भन्ने निर्णय भएको थियो । त्यो कुरामा यातायातको समस्या भयो भने सरकारले समन्वय र सहयोग गर्ने भन्ने थियो । त्यो निर्णय कार्यान्वयन गर्ने क्रममा हामीले पहलकदमी लियौँ । त्यसको प्रक्रिया स्वास्थ्य सेवा विभागले अघि बढायो । यो बेलामा पैसाको सस्तो र महंगो भन्दा पनि मान्छेको जीवन ठूलो भन्ने नै हेरिन्छ राजनीति नेतृत्वले गर्ने पनि यस्तै बेलामा हो । सम्झौँता भयो । केही सामान आयो पनि । सामान नआएर ठूलो क्षति हुन्छ कि भन्ने सवाल एक हदसम्म निभ्यो । अहिले जतिले धारेहात लगाएर विरोध गरेपनि त्यो सामान आएपछि हामीले सातवटै प्रदेशमा परीक्षण शुरु गर्न सक्यौँ । प्रत्येक प्रदेशमा १ हजार भन्दा बढी दरले पीपीई पठाउन सक्यौ । तर सम्झौँता अनुसार काम नहुने देखेपछि त्यो सम्झौँता खारेज गरियो । कुरा यत्ति हो । अहिले फेरी । शुक्रबारसम्म म्याद दिएर सूचना जारी गरिएको छ । केही स्वास्थ्यले र बाँकी सीसीएमसीले गर्ने गरी काम भएको छ ।

कोरोना विरुद्धको अभियानमा चिकित्सक जनशक्ति थप्ने कुरा के हो नि ?
हामीले दुईवटा कुरा गरेका छौँ । एउटा यो क्षेत्रमा विगतमा काम गरेको र अहिले रिटार्यड भएको व्यक्ति उहाँहरुलाई सार्वजनिक रुपमा आवहान गर्ने र यो तीन महिनाको अवधि राज्यलार्य सहयोग गर्नुहोस भन्ने । पैसा लिएर सहयोग गर्न पनि सकिने भो । स्वइच्छाले स्वयंसेव ागर्छु भन्न पनि पाइने भयो ।

दोस्रो मेडिकल कलेज तथा प्रतिष्ठानमा छात्रबृत्तिमा अध्ययन गरेका, पास आउट भएका युवा चिकित्सकहरुलाई पनि आवहान गरी एउटा स्वयंसेवी दस्ता निर्माण गरी खटाउने योजन ाबनेको छ । यसरी खटिने मान्छेलाई राज्यको तर्फबाट तीन महिनाको सुविधा दिइनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *