संघ र प्रदेशका अस्पतालमा २३५ बेड आईसीयू थप्ने सरकारको निर्णय


काठमाडौँ, ३ चैत । सरकारले संघ तथा प्रदेशका ठूला सरकारी अस्पतालमा २३५ बेडको आईसियू थप्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले संघमा १२० र प्रदेशमा ११५ गरी कुल २३५ बेड आईसीयू थप गर्ने निर्णंय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उपत्यकामा टेकु अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु र आयुर्वेद अस्पताल कीर्तिपुरमा २० – २० गरी १२० बेड आईसीयू थप्ने निर्णय गरको हो ।

यस्तै प्रदेश तहका अस्पतालहरुमा ११५ बेड थप गर्ने निर्णय भएको छ । यद्धपी अस्पतालहरु तोकि सकिएको छैन् ।

सोमबारकै बैठकले कोरोनाको जोखिम बढेर एकैपटक ठूलो संख्यामा विरामी आएमा भक्तपुर खरिपाटीस्थित तालिम केन्द्र र स्वास्थ्य मन्त्रालयले तोकेका स्थानमा गरी १००० बेडको उपचार केन्द्र (जनरल बेड सहित) बनाउने निर्णय गरको छ ।

सोमबारकै बैठकले कोरोना भाइरस भाइरस नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।
बैठकले प्रन्ट लाई (प्रत्यक्ष) खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत, दोस्रो तहमा खटिनेलाई ५० प्रतिशत र तेस्रो तहमा खटिने स्वास्थ्यकर्मीलाई २५ प्रतिशतका दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।

यस्तै कोरोना भाइरसको नियन्त्रणमा खटिने स्वासथ्यकर्मीहरुलाई १० लाख बराबरको उपचार खर्च उपलव्ध गराउने समेत निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

बैठकले कोरोना भाईरसको जोखिम संक्रमण तथा सरकारको तयारीको बारेमा हरेक दिन स्वास्थ्य मन्त्रालयले फेसबुक लाईभ गरी जानकारी गराउने तयारी भएको समेत उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *