मिर्गौला फेल भएर एकै परिवारका तीन भाइको मृत्यु, एक बिरामी

काठमाडौँ, २९ पुस । गुल्मीस्थित मुसीकोट नगरपालिका ७ बामी अज्र्याका एकै परिवारका तीन भाइको मिर्गौला फेल भएर मृत्यु भएको छ । अर्का एक भाइ मिर्गौला फेल भएकै कारण जीवन मरणको दोसाँधमा छन् ।

स्वर्गीय कलाधर न्यौपानेका पाँच भाइ छोरामध्ये तीन भाइको मिर्गौला फेल भएकै कारण मृत्यु भएको हो । कान्छा छोरा भोला न्यौपाने डेढ वर्षदेखि मिर्गौला रोगले थलिएका छन् ।

सबैभन्दा पहिला जेठा दाजु प्रकाशको मिर्गौला रोगका कारण ३१ वर्षको उमेरमा मृत्यु भएको भोलाले बताए । ‘माइला दाजु तारापतिको २८ वर्ष र साइँला दाजु डिलारामको ३३ वर्षको उमेरमा मिर्गौला रोगकै कारण मृत्यु भयो,’ भोलाले भने, ‘मेरो पनि डेढ वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । अहिले उपचारकै क्रममा छु ।’

भोलाका साइँला दाजु डिलारामको १७ मंसिर ०७५ मा मृत्यु भएको हो । ‘साइँला दाजुलाई मिर्गौला प्रत्यारोपण गरिए पनि त्यसले ६ वर्ष मात्रै काम ग(यो,’ भोलाले भने ।

पाँच भाइ छोराका पिता कलाधरको पनि ०५५ सालमा मृत्यु भएको थियो । शरीर सुन्निने समस्याका कारण कलाधरको मृत्यु भएको छिमेकी पार्वती लामिछानेले बताइन् ।

त्यतिवेला अहिले जस्तो रोप पत्ता लगाउन सजिलो थिएन । कलाधरको के रोगले मृत्यु भयो नखुले पनि स्थानीयले मिर्गौला रोगकै कारण उनको मृत्यु भएको आशंका गरेका छन् । आमा केतुकलाको पनि मृत्यु भइसकेको छ । भोलाका काइँला दाजु सुरज भने वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् । उनलाई मिर्गौला समस्या छरछैन खुलेको छैन ।

  • नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *