सिस्ने गाउँपालिका : निःशुल्क आखा जाँच तथा मोतीविन्दु शल्यक्रिया शिविर


रुकुमपूर्व, २८ कात्तिक । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा सञ्चालन गरिएको दुईदिने निःशुल्क आँखा शिविरमा २३७ जनाले सेवा लिएका छन् ।

मंगलबार र बुधबार गरी दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा जिल्लाका तीनवटै स्थानीय तहका नागरिकले सेवा लिएका हुन् । शिविरमा २३७ जनाको सामान्य आँखा जाँच गरिएको र ४४ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्रका कार्यालय प्रमुख सञ्जय पाठकले बताए ।

आर्थिक स्थिति कमजोर भएका र जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने अवस्थाका व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनले बताए ।

न्याव आइकेर नर्वेको आर्थिक, नेपाल नेत्रज्योति सङ्घ राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग तथा सिस्ने गाउँपालिका र सिस्ने शिक्षा क्याम्पस रुकुमकोटको व्यवस्थापनमा निःशुल्क आँखा जाँच तथा मोतीविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको राप्ती आँखा अस्पताल रक्षाचौर दाङले जनाएको छ । शिविरमा राप्ती आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा सुरेश रसाइलीसहित १५ जनाको टोलीले सेवा दिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *