एनसीडीएले भन्यो, ‘नयाँ स्टकिष्ट थप्नु अघि एनओसी चाहिन्छ’
काठमाडौँ, २७ कात्तिक । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले आयातकर्ता तथा व्यवसायीलाई आफ्ना नयाँ थोक औषधि विक्रेता (स्टकिष्ट) थप्नु अघि पुराना थोक बिक्रेतासंग स्वीकृति (नो अव्जेक्सन सर्टिफिकेट) लिनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्ने भएको छ ।
एनसीडीएले औषधि व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन तथा उत्पादक कम्पनी आयातकर्ता र थोक विक्रेताबीच स्वच्छ प्रतिस्पर्धा कायम गर्न यो व्यवस्था कार्यान्वनय गर्न लागेको जनाएको छ ।
कतिपय व्यवसायीहरुले भने एनसीडीएको यो निर्णयले सिन्डिकेट खडा गर्न खोजेको आरोप लगाएका छन् । उनीहरुले एनओसी कार्यान्वयनले औषधिको क्षेत्रमा नयाँ व्यवसायीले प्रवेश नपाउने समेत दावी गरेका छन् ।
एनसीडीएका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले औषधि व्यवसायीको लगानी सुरक्षाका लागि संघको विधान बमोजिम एनओसी नियमावली २०६३ बनाएर लागू भईसकेको बताए । उनले पछिल्लो पटक एनओसीको मर्म विपरित हुने गरी कतिपय व्यक्ति तथा व्यवसायीको गतिविधि शुरु भएको सुनिन आएपछि यस्तो निर्णय लिन बाध्य भएको बताए ।
तर नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले एनसीडीएको निर्णय सिन्डिकेटलाई प्रोत्साहन गर्ने खालको भएको भन्दै त्यसको आफूहरुले विरोध गर्ने बताए । ‘यो त सिधै सिन्डिकेट हो । यसरी औषधि व्यवसायमा सिन्डिकेट लागू गर्न मिल्छ ? मिल्दैन नि । त्यसैले यो निर्णयको समर्थनमा म हुन सक्दिन ।’
यस्तै तर्क छ हस्पिटल फार्मेसी एसोसिएसनको पनि । एसोसिएसनका महासचिव प्रदीप लम्साल एनओसीको निर्णय गलत भएको बताए । ‘यो लागू भयो भने फार्मेसी पढेर यो क्षेत्रमा व्यवसाय गर्छु भन्ने व्यक्तिले इन्ट्री पाउँदैन । अहिलेसम्म जो जो छन् उनैको मात्रै हालिमुहाली हुन्छ । यसले आम उपभोक्तालाई समेत छुटको सुविधा दिन सकिने अवस्थालाई निषेध गर्दछ । यो एक किसिमको औषधि व्यवसायमाथिको सिन्डिकेट हो ।’
एनसीडीएका महासचिव रामचन्द्र शर्माले आज विज्ञप्ती जारी गर्दै सबै व्यवसायीहरुलाई एनओसी कार्यान्वयनबारे सचेत हुन आग्रह गरेका छन् ।
यस्तो छ विज्ञप्ती
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
के तिमिहरु ले कुनै कम्पनी को stockist नथप्ने वातावरण बनाउन सक्छौ? हरेक बर्ष कम्पनी को Target बढ्छ अनि के आवसेक बिक्री गरिदिन सक्छौ? समय मा पैसा दिन्छौ? त्यसै फुर्ती लगाउने मुला साग हरु?