सिमीका स्वास्थ्य लाभ

 

 

सीमीको तरकारी सबैको घरघरमा बनेको हुन्छ । सीमी खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै शरीरका लागि चाहिने पौष्टिक तत्व पनि प्राप्त हुन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । सीमीको नियमित सेवनले शरीरलाई निकै फाइदा गर्छ ।

१. सिमीमा कोलेष्टेरोल कम गर्ने फाइबर हुन्छ । सिमीको सेवनले ब्लड शुगरको लेवल कम गर्न मद्दत गर्छ साथै मधुमेहका बिरामीका लागि लाभदायी हुन्छ ।

२. सिमीको तरकारी नियमित रुपमा सेवन गर्नाले रगत सफा गर्नुका साथै त्वचा सम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ ।

३. सिमीमा म्याग्नेशियमको मात्रा हुन्छ जसले मुटु सम्बन्धी समस्या निम्त्याउन दिदैन र स्वस्थ राख्नमा मद्दत गर्छ ।

४. सिमीको सेवनले शरीरमा उर्जा तथा शक्ति पैदा गर्छ ।

५. सिमीमा प्रशस्त मात्रामा आइरन हुन्छ जसले शरीरमा आइरनको कमी हुनबाट जोगाउँछ ।

६. सिमीको नियमित सेवनले महिलाहरुमा हुने स्तन क्यान्सरबाट सुरक्षित राख्छ ।

७. सिमीमा भिटमिन ए, बी६, थाइमिन, पैथोथेनिक एसिड तथा नियासिन हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *