चिकित्सा विज्ञान तर्फको नोवेल पुरस्कार : कोष र अक्सिजनको सम्बन्धमा काम गर्ने तीन वैज्ञानिकलाई

यस वर्षका विजेता: विलियम काएलिन, सर पिटर र्‍याट्क्लिफ र ग्रेग सिमेन्जा

बीबीसी । कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिकले संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्।

पुरस्कार पाउनेमा ब्रिटेनका सर पिटर र्‍याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन र ग्रेग सिमेन्जा छन्।

उनीहरूको खोजले हाम्रो दैनिक शारीरिक अभ्यासदेखि धेरै उचाइमा हुँदा तथा आमाको गर्भमा हुँदा हुने विभिन्न प्रक्रियालाई समेटेको छ।

उनीहरूको अनुसन्धानले रक्तअल्पता र क्यान्सरको उपचारको नयाँ विधिमा पनि सहयोग पुर्‍याएको छ।

द स्विडिश अक्याडमीले भनेको छ, ‘अक्सिजनको मूलभूत महत्त्वलाई शताब्दियौँदेखि बुझिँदै आएको छ, तर अक्सिजनको मात्रामा हुने परिवर्तनहरूलाई कोषहरूले कसरी चिन्छन् भन्ने कुरा अहिलेसम्म थाहा थिएन।’

यसअघि कसले पाएका थिए ?

२०१८ –  जेम्स पी एलिसन र तासुकु होन्जोको। शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकाले

२०१७ – जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ्। शरीरले कसरी सर्कीडीअन रिदम अर्थात् ुजैविक घडीु कायम राख्छ भन्ने अनुसन्धानका लागि

२०१६ – योशिनोरी ओहसुमी। विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि

२०१५ – विलियम सी क्याम्पबेल, सातोशी ओमुरा र यूयू टू। परजीवी नियन्त्रण गर्ने औषधिका लागि

२०१४-  जन ओुकीफ, मे(ब्रिट मोजर र एड्वार्ड मोजर। मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि

२०१३ – जेम्स रथ्म्यान, र्‍यान्डी शेक्म्यान र थोमास स्युड्होफ। कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि

२०१२- जन गर्डन र शिन्या यामानाका। कोषलाई स्टेम सेल बनाउन सफल भएकोमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *