यी हुन् ‘ब्रेन ट्युमर’का १० सामान्य लक्षण

brean tumur

१. टाउको दुख्ने : ब्रेन ट्युमको सबैभन्दा बढी देखिने र साझा लक्षण टाउको दुखाई हो । यो दुखाई खासगरी विहान देखी सुरु हुन्छ र लगातार दुखिरहन्छ । कहिलेकाही सहनै नसक्ने गरी दुख्छ । यदि यस्तो लक्षण देखियो भने टाउकोको जाँच गराउनु उपयुक्त हुन्छ ।

२.बान्ता हुने : ब्रेन ट्युमरको अर्को लक्षण बान्ता हुन खोज्नु पनि हो । विहान उठेदेखिनै बान्ता हुन खोज्यो भने यसबाट पनि शंक ागर्न सकिन्छ र तत्काल जाँच गर्नका लागि आधार बन्छ । अझ एक व्यक्ति एक ठाँउबाट अर्को ठाँउमा जाँदा अझ बढी यस्तो समस्या हुन्छ ।

३. कम देखिनु : यदि कसैलाई मस्तिस्कको अक्सिपिटलको नजिक ट्युमर छ भने त्यो व्यक्तिको दृष्टि कम हुँदै जान्छ वा उसले आँखाको दृष्टि कम हुन्छ । कम देख्छ वा धमिलो देख्छ । यदि रङ छुट्याउन सक्दैन वा हेर्दा नि राम्रोसंग देख्दैन भने ब्रेन ट्युमरको पनि संका गर्नुपर्छ ।

४. कम थाह पाउनु : यदि टाउकोका पराईअटल लोब भन्ने भागमा ट्युमर भयो भने हत्केला तथा पैतलाको सम्वेदना कम हुँदै जान्छ । किनकी ट्युमरले मस्तिस्कमा थाह दिने कोशिकाहरुलाई प्रभावित बनाउन् ।

५. शरीरको सन्तुलन विग्रन सक्छ : यदि कसैलाई ट्युमर भएको छ भने शरीरको सन्तुलन कहिलेकाही विग्रन सक्छ । किनकी यदि सेरिबेलमा ट्युमर रहेछ भने त्यसले शरीरको चाललाई प्रभावित पार्छ ।

६. बोल्न समेत अप्ठेरो : यदि कसैलाई टेपरल लोबमा ट्युमर रहेछ भने बोल्न समेत समस्या हुन्छ । खरर बोल्न यदि अप्ठेरो भयो जिब्रो लरर्बरियो भने ट्युमरको समेत शंका गर्नुपर्छ ।

७. नियमित काममा गडबढी : यदि पराईअटल लोब मा ट्युमर छ भने उसको सम्वेदना कम हुन्छ भने दैनिक गरिने सामान्य काममा समेत गडबढी देखिन्छ । यदि सामान्य काममा बारम्बार गडबढी उत्पन्न हुन्छ र अति अप्ठेरो महसुस हुन्छ भने यतिवेला मस्तिस्कमा गडबढी पनि हुनसक्छ भनेर बुझ्न पर्छ ।

८. व्यक्तिगत तथा व्यवहारिक परिवर्तन : जसलाई अगाडीको भागमा ट्युमर हुन्छ उसले आफ्नो व्यवहारमा नियन्त्रण राख्न सक्दैन । यसले नयाँ कुरा सिक्नका लागि पनि समस्या हुन्छ ।

९. चक्कर लाग्नु : ब्रेन ट्युमर भएको व्यक्तिलाई एक्कासी चक्कर लाग्न सक्छ र जुनसकै बेला बेहोस हुनसक्छ । अर्थात बारम्बार यस्तो घटना घट्यो भने टाउकोको जाँच गर्नु राम्रो हुन्छ ।

१०. सुन्नमा समस्या : जुन व्यक्तिको टेपोलर लोबमा ट्युमर हुन्छ उसलाई सुन्नमा समस्या हुन्छ । कहिलेकाँही सुनाईमा पूर्णरुपमा अवरुद्ध हुन्छ ।
– एजेन्सीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *