‘एपीक्याट’को पाँचौँ शिखर सम्मेलन आगामी बर्ष भरतपुरमा हुने

काठमाडौँ, १० असोज ।  सूर्तिजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्ध एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह ‘अलाइन्स एसिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एन्ड एनसीडीज (एपीक्याट)को पाँचौ शिखर सम्मेलन भरतपुरमा हुने भएको छ ।

इन्डोनेसियाको बोगरमा बिहीबार सम्पन्न चौथो शिखर सम्मेलनले आगामी (सन् २०२०) को सम्मेलन नेपालको भरतपुर सिटीमा गर्ने निर्णय गरेको हो ।

एपीक्याटमा नेपाल सहित भारत, बंगलादेश, फिलिपिन्स, सिंगापुर, कम्बोडिया, मलेसिया, भियतनाम, इन्डोनेसिया, म्यानमार, लाओस,लगायत १२ देश सदस्य छन् ।

विहीबार सम्पन्न सम्मेलनले १२ बुँदे बोगर घोषणापत्र समेत जारी गरेको छ ।

उक्त घोषणा पत्रमा घोषणापत्रमा अब हरेक जिल्ला तथा नगरहरुमा सूर्ति नियन्त्रण सम्बन्धी कानूनको सतप्रतिशत कार्यान्वयन गर्ने, सूर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ तथा गुलिया पेय पदार्थमा भारी मात्रामा कर बृद्धि गर्न सरकारसमक्ष पैरवी गर्ने, सूर्तिजन्य पदार्थको विज्ञापन, प्रवर्धन, प्रायोजन तथा सजावटलाई पूर्ण रुपमा बन्द गर्ने छन् ।

यस्तै विद्युति चुरोट, हुका तथा अरु सूर्तिजन्य पदार्थलाई प्रतिवन्ध लगाउन सरकारसमक्ष आग्रह गर्ने, कम्तीमा सरकारी कार्यालय, स्वास्थ्य, शिक्षा तथा शिशु स्याहार केन्द्रमा गुलिया पेय पदार्थको प्रयोगमा प्रतिवन्ध लगाउने, सूर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ तथा गुलिया पेय पदार्थको विक्री वितरणका लागि लाइसेन्स लिनुपर्ने, सूर्ति उद्योगको हस्तक्षेप तथा लविङलाई तोडन एकजुट हुने, पेशागत संगठन, तथा मिडियासंग सहकार्य गर्ने, सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने कार्यका लागि सांसद तथा मिडियाहरुको क्षेत्रीय गठनबन्धन निर्माण गर्ने लगायतका छन् ।

सम्मेलनमा भाग लिन नेपालबाट महिला बालबालिका तथा जेष्ठ नागरिक समितिका सभापति नीरु पाल, पूर्व स्वास्थ्य मन्त्री एवं सासद खगराज अधिकारी, भरतपुर नगरपालिका मेयर रेणु दाहाल सहित उच्च सरकारी अधिकारीको टोली बोगर पुगेको थियो ।

चौथो शिखर सम्मेलनमा एपीक्याट, इन्डोनेसिया स्वास्थ्य मन्त्रालय, बोगर सिटी, द युनियनको आयोजनामा भएको थियो । सम्मेलनमा १२ देशका ४० वटा शहरबाट प्रतिनिधित्व गरेका १०० बढी स्थानीय नेताहरुको समेत सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *