चितवनमा डेङ्गु र स्क्रवटाइफसको कीट अभाव


चितवन, ७ भदौ । जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि डेङ्गु र स्क्रवटाइफसको परीक्षणका लागि कीटको अभाव देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो पटक आएको ३५० कीटमध्ये अब जम्मा ५० कीटमात्रै बाँकी रहेको छ ।

साउन २९ गतेमात्रै कार्यालयमा कीट आएको थियो । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कीटको अभावमा अस्पताललाई आवश्यक मात्रामा उपलब्ध गराउन सकिएको छैन । माडीमा रहेको बघौडा अस्पतालमा कीट उपलब्ध गराउन सकिएको छैन भने रत्ननगर वकुलहर अस्पतालमा पनि मागअनुसारको उपलब्ध गराउन नसकिएको उनले जानकारी दिए ।

जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो रहेको छ । उनका अनुसार भदौ ६ गतेसम्म जिल्लामा ५६७ को परीक्षण गरिएकामा २२५ मा डेङ्गुको सङ्क्रमण भेटिएको हो । भेटिएकामध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाको रहेको उहाँले जानकारी दिनुभयो । यसमा १४० चितवन र तीमध्ये पनि १०२ जना महानगर भित्रका रहेका छन् ।

कीटको अभावका कारण बिरामीको परीक्षणमा समस्या नहोस् भनेर अहिले ५० वटा कीट राखिएको र थप कीट माग गरिएको केसीले बताए । डेङ्गु नियन्त्रणका लागि अहिले ‘लार्भा खोज र नष्ट गर’ अभियान सम्पन्न गरिएको भए पनि जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको उनको भनाइ थियो ।

स्थानीय तहहरुसँग समन्वय गरी डेङ्गु नियन्त्रणका लागि कम भइरहेको कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए । अहिले महानगर क्षेत्रलाई बढी महत्वका साथ हेरिएको भए पनि सबै स्थानीय तहहरुसँगको समन्वयमा डेङ्गुसम्बन्धी सचेतना जगाउने काम भइरहेको उनले बताए ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *