सुत्केरी हुन नसकी हुम्लामा २० बर्षीया गर्भवतीको मृत्यु

हुम्ला १६ साउन । हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो ।

टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए ।

मृतक टमटालाई बुधबार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा पु¥याइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिए । स्वास्थ्यचौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुवैलाई बचाउन नसकिएको उनले जानकारी दिए ।

दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सुत्केरी हुन नसकी हुम्लामा २० बर्षीया गर्भवतीको मृत्यु

  1. सत्य तथ्य नै थाहा नपाई समाचार सम्प्रेषण गर्नु गलत हो .. कम्तिमा त्यहाँका सम्पुर्ण स्वास्थ्यका कर्मचारी स्वास्थ्य संयोजक हरु लाई त सोध्नु पर्थ्यो नि …
    फेरि २० बर्षको महिला होइन १४ बर्सको केटि हुन … तेइ पनि ७ महिनाको गर्भवती हुन …
    अन्तिम अबस्थामा मात्र बर्थिङ सेन्टरमा आउने अनि उपकरणको कमि र स्वास्थ्यकर्मीको लापरबाही हो भन्ने खालका समाचार प्रती घोर आपत्ती छ ।
    सन्तोष धामी
    स्वास्थ्य संयोजक
    सर्केगाड गाउँपालिका हुम्ला

Leave a Reply

Your email address will not be published. Required fields are marked *