अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या


टोकियो, २५ असार । जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ ।

जापानको श्रम तथा समाजकल्याण कार्यालयले मङ्गलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपाङ्तामैत्री नहुनु अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका हुन् र

सन् २०१८ मा कार्यरत अपाङ्गता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये ६६।३ प्रतिशतले कामका शिलशिलामा आफूहरूलाई समस्या पर्ने गरेको बताएका प्रतिवेदनमा उल्लेख छ । उनीहरूले काम र उपचारको सञ्तुलन मिलाउन निकै कठिन पर्ने गरेको सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।

तर सर्वेक्षणमा सहभागी मध्ये ८४.५ प्रतिशतले कामलाई निरन्तरता दिने वा अझै पनि काम गरिरहन चाहेको जवाफ दिएका थिए ।

अहिले काम नगरिरहेकाहरु मध्ये ६४.२ प्रतिशतले पनि आफुहरु काम गर्न चाहिरहेको बताएका थिए ।

श्रम मन्त्रालयले गत फेब्रुअरीमा गरेको सर्वेक्षणमा एक हजार जना सहभागी भएका थिए । ती मध्ये ६६४ जना काम गरिरहेका थिए, २६८ जनाले काम छाडिसकेका थिए भने ६८ जना काम छाड्ने तयारीमा थिए । सर्वेक्षणमा सहभागीहरु २० देखि ६४ बर्ष उमेर समूहका नागरिक थिए । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *