नर्भिकलाई युरोपमा पुनःअन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार

काठमाडौं, २४ असार । नर्भिक इन्टरनेशनल हस्पिटललाई जर्मनी स्थित बर्लिनमा एक विशिष्ट समारोहवीच ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानीत गरिएको छ ।

गुणस्तर अनुसन्धानकालागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

उक्त समारोहमा युरोप, एशिया, अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेशका गरी उत्कृष्ट ५५ विश्वव्यापी कम्पनीहरु, हस्पिटलहरु, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाहरु समेत पुरस्कृत भएका थिए ।

नर्भिक इन्टरनेशनल हस्पिटलका लागि नर्भिकको अभिभावकीय– संस्था वि.एल.सी. होल्डिङ्गस् प्रा.लि. का कार्यकारी निर्देशक मनिष खेमकाले उक्त पुरस्कार ग्रहण गरेका थिए । उक्त साँझ पुरस्कार ग्रहण गर्नुपूर्व सोही दिनको विहानी सत्रमा खेमकालाई विशेष बक्ताका रुपमा आमन्त्रण गरिएको थियो । उक्त समारोहमाआफ्नो मन्तव्य राख्दै खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पु¥याएको योगदान, प्रविधि हस्तान्तरण, यसका प्रगति लगायतका विविध विषयमा प्रकाश पारेका थिए ।

गुणस्तरीय अनुसन्धान सम्बन्धी युरोपेली समाज स्वीटजरल्याण्डमा मुख्य कार्यालय रहेको एक युरोपेली संस्था हो । यसले गुणस्तर सम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, संसारभर व्यवसायका नैतिकअभ्यासलाई प्रर्वद्धन गर्ने, गुणस्तरीय व्यवसायिक अभ्यास गर्ने/गराउने, प्राविधिक नवीनता वानविनीकरण थप्ने, व्यवसायिक कम्पनीहरु तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धीहरुलाई सम्मान गर्ने, जनप्रशासन सम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम् कार्यक्षमता कार्यकौशलता सम्बन्धी रणनीतिहरुको प्रचार–प्रसार एवम् प्रकाशन गराउने कार्य गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *