सुनसरी मोरङमा मात्रै होइन झापामा पनि देखियो डेंगु

झापा, ३१ जेठ । सुनसरीको धरानमा प्रकोपको रूप लिएको डेङ्गु मोरङसँगै झापामा पनि देखिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रमा बिहिबारसम्म डेङ्गुका आठ बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्क्रमण देखिएका दमकका दुई जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिए । उनले उहाँले डेङ्गु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम शुरु गरिएको बताए ।

जनचेतनामूलक कार्यक्रमअन्तर्गत उक्त रोगबारे बच्ने उपायबारे टोलटोलमा पुगेर जानकारीमूलक माइकिङसहित पर्चा पम्प्लेट वितरण गर्ने क्रम जारी रहेको अर्यालले बताए ।

यस्तै, त्यहाँ लामखुट्टेको टोकाइबाट फैलने डेङ्गुको स्रोत नै नष्ट गर्ने कार्यक्रमअनुसार लार्भा खोज्ने र नष्ट गर्ने क्रमसमेत चलिरहेको उनले जानकारी दिए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत ३० बैशाखमा पहिलो केश देखिएको डेंगु त्यसपछि तिब्र गतिमा फैलिएको छ । साढे ५ सय बढीमा संक्रमण देखा परिसकेको सो रोग अहिले सुनसरीको धरानका अलावा इनरुवा, इटहरी तथा मोरङका विभिन्न स्थानमा देखा परेको छ । सरकारी अधिकारीहरुले अहिलेसम्म कसैको ज्यान नगएकोले नियन्त्रणमै रहेको दावी गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *